NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १० गते

एसपी थुनामा परेपछि हर्क साम्पाङ खुशी !

काठमाडौं । नेपाल प्रहरीका एसपी भिम दाहाल १२ दिनदेखि थुनामा छन् । उनी चलाएको गाडीमा मोटरसाइकल ठोक्किएर एक युवकको मृत्यु भएपछि सवारी ज्यान मुद्दामा उनी हिरासतमा छन् ।

दाहाल नेपाल प्रहरी कार्यालय धरानमा कार्यरत थिए । एसपी दाहाल पक्राउ परेकोमा धरानका मेयर हर्क साम्पाङले खुशी व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्–कानून सबैलाई बराबर एसपी भिम दाहाल हिरासतमा, धन्यवाद कानूनलाई ।’


मेयरले एसपी थुनामा पर्दा सार्वजनिक रुपमा खुशी मानेकोमा धेरैले अनौठो मानेका छन् । यसमा मेयर र एसपीको दुश्मनी कारण रहेको बताइन्छ । उनी यसअघि प्रदेश ट्राफिक थिए । पछि पनि नगरपालिका र प्रहरीबीच विवाद भएको थियो । मेयरले धरानका डिएसपीलाई सरुवा गर्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । प्रहरीसँगको यही विवादपछि मेयर साम्पाङले एसपी पक्राउ पर्दा खुशी मानेको बताइन्छ ।

गत २४ कात्तिकमा दाहालले चलाएको मे १ च ७८३९ नम्बरको गाडी र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो। सोही घटनामा दाहाल थुनामा परेका हुन् । यद्यपी दुर्घटनामा उनको गल्ती नभएको बताइन्छ । तर, दुर्घटनामा ठूलो सवारी साधनकै गल्ती हुने भएकाले उनीविरुद्ध मुद्दा अघि बढाइएको छ । उनी झापा प्रहरीको हिरासतमा छन् ।