NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १० गते

योगेश भट्टराईको गाडी तोडफोड

काठमाडौं । नेकपा एमालेका नेता योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ। आइताबर ताप्लेजुङबाट काठमाडौं फर्किने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै एक समूहले गाडीमा आक्रमण गरेको थियो।

यसअघि आइतबार नै ताप्लेजुङमा पहिचानवादी समूहका नेता कार्यकर्ताले फुङलिङस्थित भट्टराईको निवासअगाडि प्रदर्शन गरेका थिए । सोही समूहले उनको गाडी तोडफोड गरेको बताइएको छ। गडी तोडफोड भए पनि भट्टराईलाई भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।