भारतको गुजरातमा नक्कली सिरप पिउँदा ५ जनाको मृत्यु
नयाँ दिल्ली । पश्चिमी भारतको गुजरात राज्यमा नक्कली (पेय) सिरप सेवन गर्दा विगत दुई दिनमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना अस्पताल भर्ना भएका छन् ।
प्रहरीले बिहीबार जनाए अनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लामा भएको हो। प्रहरीका अनुसार उक्त सिरपमा मिथाइल अल्कोहल रहेको पाइएको थियो ।
‘पछिल्ला दुई दिनमा सिरप खाँदा पाँच जनाको ज्यान गएको छ भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ,’ वरिष्ठ प्रहरी अधिकृत राजेश गढियाले सञ्चारमाध्यमलाई बताएका छन् । एक गाउँलेको रगत नमुना रिपोर्टले सिरपमा मिथाइल अल्कोहल रहेको पुष्टि गरेको उनको दाबी छ ।
प्रहरीले अनुसन्धानका क्रममा पसलेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बिलोदरा गाउँको एउटा पसलमा सिरप सहजै बिक्री हुने गरेको पाइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पसलले करिब ५० जनालाई नक्कली सिरप बेचेको थियो।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया