NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

९ नम्बरको वडा कार्यालय ८ मा लगेर ठड्याएपछि…

काठमाडौं । वडा कार्यालय सकेसम्म बीचमा पर्ने गरी स्थापना गरिएको हुन्छ । सबैतिरका सेवाग्राहीलाई सेवा दिन सजिलो होस् भनेर यस्तो अभ्यास गरेको पाइन्छ ।

तर दाङमा भने एउटा वडाको कार्यालय अर्कै वडामा बनेको पाइएको छ । दाङको घोराही उप-नगरपालिका वडा नं. ९ को वडा कार्यालय वडा नं. ८ को क्षेत्रभित्र निर्माण गरिएको हो । निर्माण थाल्दा खासै चर्चा नभएको यो विषयले अहिले विवादको आकार लिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष जीतेन्द्र शाहले आफ्नो वडा क्षेत्रमा ९ नं. वडा कार्यालय भवन निर्माण गरिएपछि त्यसलाई ३५ दिनभित्र खाली गर्न भनिएको बताए । त्यसका लागि आफूले बिहीबार एक पत्र नै लेखेको उनले जानकारी दिए ।

‘…त्यहाँ निर्माण भएको ९ नम्बर वार्ड कार्यालय भवन यस ८ नम्बर वार्डको नक्साभित्र पर्ने भएकाले यस ८ नम्बर वार्ड कार्यालयलाई जानकारी नदिई सो भवन निर्माण भएको हुनाले ३५ दिनभित्र उक्त वार्ड कार्यालय भवन खाली गर्नका लागि जानकारी गराउँदछु,’ वडाध्यक्ष शाहले वडा नं. ९ लाई बिहीबार लेखेको पत्रमा भनिएको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष