धनी बन्न चाहानुहुन्छ ? दैनिक दुई कप चिया छोड्नुस्
काठमाडाैं । धनी बन्ने सपना कसको हुदैन ? सबैको चाहना भनेकै धेरै पैसा होस भन्ने नै हुन्छ, ताकी आफ्नो सबै सपना पुरा गर्न सकोस् ।
धनी बन्ने सपना देखेर मात्रै हुँदैन, त्यसको लागि कडा मिहनेत र परिश्रम जरूरी छ । कडा मिहिनेत र परिश्रम मात्रै भएर हुँदैन, कडा मिहिनेतबाट कमाएको पैसाबाट केही बचाउनु पनि पर्छ । तर जति कमाएपनि बचत गर्न नसक्ने धेरैको समस्या हो । बचत गर्ने बानी नभएकै कारण जति कमाएपनि करोडपति बन्ने सपना साकार हुँदैन । यसको मतलब करोडपति बन्न साह्रै गाह्रो विषय भने होइन ।
तपाई पनि करोडपति बन्न चाहनुहुन्छ भने यो सपना पूरा गर्न त्यति गाह्रो छैन । यसका लागि थोरै बचत, सहि ठाउँमा लगानी, लक्ष्य र दृढ संकल्प धेरै महत्त्वपूर्ण हुन्छ। अर्को शब्दमा भन्नुपर्दा दैनिक दुई कप चिया पिउन छोडेर तपाई करोडपति बन्न सक्नुहुन्छ । दैनिक दुई कप चिया पिउन छोड्दा यसले तपाईलाई धनी मात्र बनाउँदैन, स्वास्थ्यमा चियाको असरबाट पनि बचाउँछ।
हरेक दिन दुई कप चिया बचत गर्नुहोस्
नेपाली समाजमा चिया अति प्रचलित छ । धेरैजसो मानिसको दिन चियाको चुस्कीबाट सुरु हुन्छ । कतिपय मानिसहरु यस्ता छन् जो दिनमा एक–दुईवटा मात्र होइन धेरै कप चिया पिउने गर्छन् । चियाले स्वास्थ्यमा नराम्रो असर पार्छ भन्ने कुरा हामी सबैलाई थाहा छ तैपनि चियाको लत धेरैलालाई छ जसले गर्दा त्याग्नु सजिलो छैन।
चियाको लत त्याग्न असम्भव भने छैन, त्यो पनि स्वास्थ्यमा प्रतिकूल असर पर्ने यी चिज छोडेर धनी बन्न सकिन्छ भने छाड्न तयार हुनु पनि पर्छ ।
अफिसमा काम गर्ने कर्मचारी, स्कुले विद्यार्थी होस् या गृहिणी, सबैले चिया पिएकै हुन्छ । सामान्यतया चिया प्रेमीहरूले दिनमा दुई पटक चिया पिउने र कम्तीमा ५० रुपैयाँ खर्च गर्छन् । तर यही ५० रूपैयाँ बचत गरेर तपाइँ करोडपति बन्न सक्नुहुन्छ ।
आफ्नो बचतबाट लगानी सुरु गर्नुहोस्
अब कुरा गरौं दिनमा दुई कप चिया छोडेर वा दैनिक ५० रुपैयाँ बचत गरेर कसरी करोडपति बन्न सकिन्छ ? त्यसको लागि एउटा शुत्र छ, जुन तपाइँलाई काम लाग्न सक्छ ।
दैनिक बचत गर्ने हो भने २ कप चियाको पैसा सातामा ३५० रूपैयाँ र मासिक एक हजार पाँच सय सम्म बचत गर्न सकिन्छ । यसरी वार्षिक १६ हजार ८०० रूपैयाँसम्म बचत हुन्छ ।
यसलाई सही ठाउँमा लगानी गर्नाले तपाई पक्कै करोडपति बन्ने बाटोमा अगाडि बढ्नुहुनेछ। बचत मात्रै गरेर राख्नुभन्दा बचतको पैसा लगानी गर्दा त्यो दुइगुणा हुँदै बढ्दै जान्छ । यसका लागि तपाईंले बचत गरेको रकम प्रत्येक महिना म्युचुअल फण्डमा लगानी गर्नु सक्नुहुन्छ। म्युचुअल फण्डले दीर्घकालीन लगानीमा ठूलो प्रतिफल दिन्छ। जुन १५ देखि २० प्रतिशतसम्म हुन सक्छ ।


प्रतिक्रिया