सातै प्रदेशका प्रहरी प्रमुख हेरफेरको तयारी

काठमाडौं । गृह मन्त्रालयले सातै प्रदेशका प्रहरी प्रमुख हेरफेरको तयारी गरेको छ । हाल कार्यरतहरुको करिब एक वर्ष अवधि पुगेकाले नयाँलाई पठाउन लागिएको हो ।
हाल कोशीमा राजेश बाँस्तोला, मधेसमा जनक भट्टराई, बागमतीमा किरण राणा, गण्डकीमा बुद्धी गुरुङ, लुम्बिनीमा उमेशराज जोशी, कर्णालीमा भिम ढकाल तथा सुदुरपश्चिममा भरत बोहरा कार्यरत छन् । उनीहरु सबैलाई हटाउने तयारी छ ।
प्रदेशमा जान डिआइजीहरू विकासराज खनाल, सुरेन्द्रराज मैनाली, कुबेर कडायत, विष्णु केसी, यज्ञबिनोद पोखरेल, लालमणि आचार्य, चन्द्रकुबेर खापुङ, केदार ढकाल, रबिन्द्र केसी लगायत डिआइजीबीच प्रतिस्पर्धा छ ।
त्यस्तै, झापा, पर्सा, मोरङ, महोत्तरी, रौहहट, चितवन, रुपन्देही, कञ्चनपुर , सिन्धुपाल्चोक लगायत जिल्लाका एसपीको पनि सरुवाको तयारी भइरहेको छ ।
प्रतिक्रिया