कृषि कार्यालयका हाकिमसहित ६ जना भ्रष्टाचारी ठहर
काठमाडौं । कृषि विकास कार्यालय,मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख (अधिकृत छैठौं) पंचलाल बुढासहित ६ जना भ्रष्टाचारी ठहर भएका छन् । बुढाले छायाँनाथ रारा नगरपालिका वडा नं. १ मा अवस्थित परेप सिंचाई कुलो निर्माण निर्माणस्थलमा भएको यथार्थ कार्यभन्दा बढी काम भएको भनी नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानीसमेत दिई ८ लाख नौ हजार तीन सय ५९ भ्रष्टाचार गरेको अभियोग थियो । जसमा बिशेष अदालतले सोमबार दोषी ठहर गरेको हो ।
मुगुको कृषि विकास कार्यालयका तत्कालीन सब–इन्जिनियर राजेन्द्र शाहीले निर्माणस्थलमा भएको यथार्थ कार्यभन्दा बढी काम भएको भनी नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढासमक्ष पेस गरेका थिए । उनी पनि दोषी ठहर भएका छन् ।
छायाँनाथ रारा नगरपालिका वडा नं. १ परेप सिंचाई कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष जय बहादुर मल्ल, कोषाध्यक्ष चेतना शाही, सचिव शान्ती शाही (मल्ल), सदस्य तप बहादुर मल्लले निर्माण आयोजनामा काम नै नभएको कार्यमा योजना स्थलमा कम काम भएकोमा बढी काम भएको भनी बदनियतपूर्वक नभए नगरेका कुरा देखाई कागजात पेस गरी गैरकानुनी लाभहानी पु¥याउने बदनियतले वास्तविक रुपमा भएको कामभन्दा बढी मूल्याङ्कन गरी÷गराई बढी भुक्तानी माग गरी लिएका थिए । उनीहरुविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको दोषी ठहर भएका छन् ।
ताजा अपडेट
-
सरकारी निर्णय अब डिजिटल प्रणालीबाटै, ढिलासुस्ती अन्त्य गर्ने नयाँ नियमावली लागू
-
चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी
-
निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
-
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
-
आत्मविश्वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत


प्रतिक्रिया