इजिप्टसँग आर्थिक सम्बन्ध मजबुत बनाउन पाकिस्तानद्वारा कायरोमा व्यापार सम्मेलन
एजेन्सी । पाकिस्तानले इजिप्टसँगको आर्थिक सम्बन्धलाई मजबुत बनाउन इजिप्टको राजधानी कायरोमा पाकिस्तान-अफ्रिका व्यापार सम्मेलन आयोजना गरेको पाकिस्तानी वाणिज्य मन्त्रालयले जनाएको छ ।
पाकिस्तानले इजिप्टमा सयभन्दा बढी कम्पनी सहित चौथो पाकिस्तान-अफ्रिका व्यापार विकास सम्मेलन तथा प्रदर्शनी मङ्गलबारदेखि बिहीबारसम्म चल्ने मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।
पाकिस्तानका दुई सयभन्दा बढी व्यवसायीहरू इन्जिनियरिङ सामान, खाद्य तथा कृषि सेवाहरू जस्ता विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व गर्दै, व्यापार सहकार्यमा सहभागी हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मध्ये पूर्व र उत्तर अफ्रिकी क्षेत्रका एक सय ५० भन्दा बढी प्रमुख व्यवसायी एवं चेम्बर प्रतिनिधिहरू काइरोमा भेला हुने छन् । मन्त्रालयका अनुसार, सम्मेलन अफ्रिकाको व्यापार नीतिसँग मिल्दोजुल्दो छ । जसले दक्षिण अफ्रिकाको जोहानेसबर्ग, नाइजेरियाको लागोस र केन्याको नैरोबीमा महत्त्वपूर्ण व्यावसायिक लाभहरू दिएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया