NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

काठमाडौंको सहकारी ठग्ने कतारमा समातिए

काठमाडौं । काठमाडौंको एक सहकारी ठगीका अभियुक्तलाई कतारबाट पक्राउ गरी नेपाल प्रहरीले ल्याएको छ । काठमाडौंको तीनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक गणेश सिजापतीलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको हो । बाँकेको नेपालगञ्ज घर भएका उनीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो ।

इन्टरपोलको सहयोग र कतार प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ । विदेशमा भागेको खुलेपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरेको हो । सहकारी ठगी गरेका एक सय भन्दा धेरै व्यक्ति विदेशमा छन् ।

ताजा अपडेट

नेपालवाच विशेष