NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

मेलम्ची आयोजनामा कसले के-के गरे ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्मकै ठूलो अंकको भ्रष्टाचार सम्वन्धि मुद्धा दर्ता गरेको छ । आइतबार अख्तियारले मेलम्ची खानेपानी आयोजना निर्माणसँग सम्वन्धित १४ जना र दुई कम्पनीविरुद्ध मुद्धा दर्ता गरेको हो ।

दुई कम्पनी र १४ जना कर्मचारी तथा पदाधिकारीबाट ७ अर्ब ७२ करोड विगो माग दावी गरिएको छ ।

विगो मागदावीका आधारमा यो अहिलेसम्मकै ठूलो भ्रष्टाचार हो । अख्तियारले अनुसन्धानका क्रममा उल्लेखित व्यक्तिहरुको गैरजिम्मेवारीका कारण राज्यलाई ७ अर्ब ७२ करोड नोक्सान भएको देखिएको छ ।

के के हो मुख्य बदमासी ?

मेलम्ची खानेपानी आयोजनाको निर्माण व्यवसायी सिएमसी डि रभेनालाई रनिङ्ग बिलका नाममा काम नै नगरी भुक्तानी गरेको आयोगको अनुसन्धानमा देखिएको छ। पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेशिन तथा अन्य सामग्री निर्माण व्यवसायी सिएमसी डि रभेनाले प्रयोग गरेबापतको भाडा कट्टा नगरी भुक्तानी गरेको हो । त्यस्तै पछिल्लो विलबाट समायोजन गर्ने भनिएको बढी भुक्तानी रकम पछाडिका विलमा समेत समायोजन नगरेको आयोगले जनाएको छ ।

सचिव डा. संजय शर्मा र बोर्ड सदस्य मुकुन्द प्रसाद पौडेलस् तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह सचिव तथा तत्कालीन बोर्ड सदस्य रहँदा उनीहरुले गलत निर्णय गर्दै भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । उनीहरुबाट जनही ६ करोड ९७ लाख ८३ हजार रुपैयाँ विगो माग दावी भएको छ । अख्तियारले उनीहरुबाट विगो असुलउपर गरि कैद सजायको समेत माग गरेको छ ।

भिम उपाध्याय : मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रही उक्त कसुरमा संलग्न रहेको देखिँदा उनलाई ४ करोड ११ लाख विगोमाग दावी गरिएको छ ।

सचिव गजेन्द्र कुमार ठाकुर : मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष तथा नेपाल सरकारको विशिष्ट श्रेणीका सचिव पदमा रहँदा भ्रष्टाचार गरि राज्यलाई ६० करोड ४९ लाख रुपैँया क्षति पुर्याएको आयोगको दावी छ।

सहसचिव रुद्र सिंह तामाङ: खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्यको रुपमा तामाङले नियमविपरित भुत्तानी गर्ने निर्णयमा संलग्न हुँदा राज्यलाई ११ करोड ०९ लाख क्षति पुर्याएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

चन्द्र बहादुर थापा : मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्यको रुपमा थापाले गलत निर्णय गरि ठेकेदारलाई गैरकानूनी भुत्तानी दिलाएर राज्यलाई ७१ करोड ५८ लाख क्षति पुर्याएको जनाइएको छ।

घनश्याम भट्टराई : मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भट्टराईले मेलम्ची खानेपानी विकास समितिका सदस्य९सचिव तथा महाप्रवन्धक सरह कार्यकारी निर्देशक पदमा रही गलत निर्णय गरि राज्यलाई २२ करोड ७५ लाख क्षति पुर्याएको आयोगको दावी छ।

राम चन्द्र देवकोटा : आयोगका अनुसार देवकोटाले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक हुँदा ३२ करोड ३५ लाख भ्रष्टाचार गरेका हुन्।

सुर्य राज कँडेल : मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक हुँदा ८९ करोड ८ लाख भ्रष्टाचार गरेको जनाइएको छ ।

मणिभद्र न्यौपाने : उनले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव ९लेखा० हुँदा गैरकानुनी रुपमा भुत्तानी गरि राज्यलाई क्षति पुर्याएर ३२ करोड ३५ लाख भ्रष्टाचार गरेको देखिएको छ ।

राम चन्द्र न्यौपाने स् मेलम्ची खानेपानी विकास समितिका तत्कालीन लेखा अधिकृत न्यौपानेले गैरकानूनी रुपमा भुत्तानी दिलाएर भ्रष्टाचारमा सहयोगी बनेको र ३२ करोड ३५ लाख क्षति पु-याएको जनाइएको छ।

बेगनाथ पौडेल : मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव ९लेखा० हुँदा गैरकानूनी रुपमा भुत्तानी दिलाएर भ्रष्टाचारमा सहयोगी बनेको र ३२ करोड ३५ लाख क्षति पु-याएको जनाइएको छ ।

केदार प्रसाद अर्याल : मेलम्ची खानेपानी विकास समितिका तत्कालीन उपसचिव ९लेखा० हुँदा गैरकानूनी रुपमा भुत्तानी दिलाएर भ्रष्टाचारमा सहयोगी बनेको र ३२ करोड ३५ लाख क्षति पु-याएका छन् ।

भोजबिक्रम थापा : समितिका तत्कालीन सिनियर डिभिजनल ईन्जिनियर तथा उप९कार्यकारी निर्देशकका रुपमा ३२ लाख ३५ लाख रुपैयाँ भ्रष्टाचार गरेको पाइएको छ ।

शिव कुमार शर्मा : आयोजनाको परामर्शदाता कम्पनीको तत्कालिन प्रमुखको रुपमा रहेर गलत परामर्श रिर्पोट तयार गरि ४८ लाख ३६हजार रुपैयाँ भ्रष्टाचार गरेको आयोगको दावी छ।