तीन पोका सुनसहित विमानस्थलमा भारतीय नागरिक समातिए

काठमाडौं । त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने भारतीय भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार बेलुका दुबइबाट आएका अहमद अब्दुल गफारलाई नेपाल प्रहरीले आगमन कक्षबाट पक्राउ गरेको हो । भन्सारको जाँचबाट पास भइसकेका उनी सुराकीको आधारमा पक्राउ परेका हुन् ।
गफारको साथबाट प्रहरीले अर्धठोस सुन बरामद गरेको हो । तीन वटा पोकामा लुकाइएको आठ सय ५५ ग्राम सुन बरामद भएको छ। प्रहरीले उनीमाथि थप छानबिनका लागि भन्सारमा पठाएको छ ।
प्रतिक्रिया