ग्राहकको खाताबाट एक करोड ३७ लाख चोर्ने बैंकका कर्मचारी पक्राउ
काठमाडौं । ग्राहकको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले बैंकका कनिष्ठ सहायक रोहित कुमार ओझालाई पक्राउ गरेको हो ।
ओझा बैंकको वीरगञ्ज शाखामा कार्यरत थिए । वीरगंजबाटै सिआइबीले उनलाई पक्राउ गरेको हो । कनेक्ट आइपिएसमार्फत उनले ग्राहकको रकम चोरी गरेका हुन् । ग्राहकले उजुरी गरेपछि बैंकको केन्द्रीय कार्यालयले सिआइबीलाई छानबिनका लागि लेखेको थियो । यसमा बैंकका अन्य कर्मचारी पनि तानिने सक्ने स्रोत बताउँछ ।
प्रतिक्रिया