त्रिविको उपकुलपतिमा बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजंग बराल नियुक्त भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार बराललाई नियुक्त गरेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो। पहिलो नम्बरमा सिफारिस भएका बुढाथोकीलाई प्रमुख दाबेदार मानिएको थियो ।
उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो।
२०४० मा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर बाट उपप्राध्यापकका रुपमा अध्यापन सुरु गरेका बराल ०६४ मा पोखरा विश्वविद्यालयका उपकुलपति थिए । पोखरा विश्वविद्यालयको उपकुलपतिको कार्यकाल सकिएपछि उनले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रको प्राध्यापक भएर काम गरेका थिए ।
पाल्पा कुवाडीका ६५ वर्षीय बरालले त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् भने दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया