NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

१६ नयाँ मन्त्रीले लिए सपथ

काठमाडौं । बुधबार नियुक्त भएका १६ मन्त्रीले सपथ लिएका छन् । शीतलनिवासमा राष्ट्रपतिबाट उनीहरूले सपथ लिएका हुन् ।
मंगलबार तीन मन्त्रीले सपथ लिएका थिए । १६ मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १९ सदस्यीय बनेको छ ।

मंगलबार एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्यालले सपथ लिएका थिए । उनीहरुलाई बुधबार जिम्मेवारी तोकिएको छ । अब स्वास्थ्य र वन मन्त्रालय रिक्त छ । जसमा जनता समाजवादी पार्टी आउने सम्भावना छ ।

यस्तो बन्यो १९ सदस्यीय मन्त्रिपरिषद्

एमाले
१) रघुवीर महासेठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार
२) पदम गिरी, कानुन, न्याय तथा संसदीय मामिला
३) हरि उप्रेती, रक्षा
४) भगवती चौधरी, महिला बालबालिका तथा समाज कल्याण
५) राजेन्द्र राई, खानेपानी
६) दामोदर भण्डारी, उद्योग, वाणिज्य तथा आपुर्ती
७) ज्वालाकुमारी साह, कृषि तथा पशुपंक्षी विकास
८) बलराम अधिकारी, भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण

माओवादी
१) नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा परराष्ट्र
२) वर्षमान पुन, अर्थ
३) शक्ति बस्नेत, ऊर्जा, जलस्रोत तथा सिंचाई
४) रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि
५) हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

रास्वपा
१) रवि लामिछाने, उपप्रधानमन्त्री तथा गृह
२) डिपी अर्याल, श्रम, रोजगार तथा सामाजिक विकास
३) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
४) सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि

एकीकृत समाजवादी
१) भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन
२) धनबहादुर बुढा, सहरी विकास

ताजा अपडेट

नेपालवाच विशेष