NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

कोटेश्वरमा बसको ठक्करबाट घाइते सइको मृत्यु

काठमाडौं । जनताको सेवामा खटिएका सुरक्षाकर्मीले अराजक र अनुशासनहीन चालकका कारण सडकमै ज्यान गुमाउन थालेका छन् ।

काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको छ ।
फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनी घाइते भएका थिए ।

उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो । बस चालक नवराज गिरीलाई प्रहरीले थुनामा राखी मुद्दा प्रक्रिया अघि बढाएको छ ।
अराजक चालकका कारण पटक–पटक ट्राफिक प्रहरीले ज्यान गुमाएका छन् । कतिपय घाइते भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष