घुससहित दुई प्रहरी रंगेहात पक्राउ

काठमाडौं । प्रहरी चौकी, कान्तिबजार, महोत्तरीका दुई प्रहरी घुससहित पक्राउ परेका छन् । चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र बरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झा २० हजार पक्राउ परेका हुन् ।
लिजमा लिइ भोगचलन गर्दै आएको जग्गामा खेतिपाति तथा व्यवसाय गर्न बाधा अवरोध पु¥याएको हुँदा बाधा अवरोध रोक्नको लागि महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा त्यससम्बन्धि कार्यान्वायनका लागि घुस मागेका थिए । विद्यालयले ठेक्का दिई भोगचलन गर्न चलन पूर्जी दिएको सो जग्गा र जग्गामा भएको फलफुलहरू, खेतिपाति उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नु÷नगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसंग घुस लिएका हुन् । पीडितको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिएको टोलीले गौशाला नगरपालिका वडा नं. १२ स्थित गैरीटोलबाट आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया