NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ८ गते

दाइजोमा सिक्रि माग्ने बेहुलासहित पाँच जना प्रहरी हिरासतमा

वीरगञ्ज। दाइजोमा सुनको सिक्री नपाउँदा विवाह गर्न अस्वीकार गरेपछि बेहुलासहित पक्राउ परेका छन्। विवाह गर्न अस्वीकार गरेर बेहुला मण्डपबाटै उठेपछि पक्राउ परेका हुन्।

बेहुला बाराको कलैया उपमहानगरपालिका– ४ सिनेमा चोकका उमेश साह गोढसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। उनका बुबा बच्चालाल साह, दाइहरु राकेश कुमार साह, मुकेश कुमार साह र भिनाजु रामएकवाल साहलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध विवाहसम्बन्धि कसुरमा कारबाही अघि बढाइएको एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

पर्साको वीरगन्ज महानगरपालिकामा २४ वर्षीया युवतीसँग सोमबार राति साहको बिहे तय भएको थियो। वरमाला विधि भइसकेपछि बेहुलाले सुनको सिक्री नदिएको भन्दै विवाह गर्न इन्कार गरेपछि विवाद हुँदा प्रहरीले एक्सन लिएको हो । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन्।

उनले १२ लाख रुपैयाँ, मोटरसाइकलबापत तीन लाख २५ हजार रुपैयाँ, एक थान ल्यापटप तथा एक–एक थान सुनको औँठी र हनुमानको माला दाइजो मागेर मात्र विवाहमा सहमति जनाएका थिए । तर, कमजोर आर्थिक अवस्था भएका बेहुली पक्षले त्योअनुसार दिन नसकेपछि बेहुलो पक्षले नै विवाह बहिष्कार गरेको थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष