NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

होलीमा नुहाउन गएका तीन बालबालिका सुनकोसीमा बेपत्ता

उदयपुर । होली मनाउने क्रममा सुनकोसी नदीमा पौडी खेल्न गएका तीनजना बालबालिका बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका तीनजना बालबालिका नदीमा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर बेपत्ता भएका हुन्।

होली मनाएर साउनेको धाप्लाङघाटस्थित पौडी खेल्न गएका उनीहरू डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई स्थानीयले सुनकोसीबाट प्रहरीले उद्धार गरेको छ । सुरक्षा निकायहरुले उद्धार जारी राखेका छन् ।