NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गाजा आक्रमणमा खाद्यान्न झार्दै गरेका सात सहायताकर्मीको मृत्यु

गाजा । अमेरिकास्थित एक परोपकारी संस्थाले साइप्रसबाट समुन्द्री मार्ग हुँदै गाजामा वितरण गर्न लगिएको खाद्यान्न सामग्री झार्ने क्रममा इजरायली आक्रमणमा आफ्ना सात कर्मचारीको मृत्यु भएपछि गाजाको सहायता अभियान स्थगन गरिएको मङ्गलबार जनाएको छ ।

इजरायली सेनाले अल–शिफा अस्पताल र त्यस वरपर दुई हप्ता लामो सैन्य अभियानलाई समाप्त गरेपछि सोमबारको मृत्यु भएको हो । आक्रमणमा इजरायली सेनाले घेरिएको क्षेत्रको अस्पतालको सबैभन्दा ठूलो भवन जलेको र भग्नावशेषमा परिणत बनेको छ ।

‘गाजामा आईडीएफको आक्रमणमा हाम्रो टोलीका सात जना सदस्य मारिएका छन्,’ अमेरिकास्थित च्यारिटी ‘वल्र्ड सेन्ट्रल किचन’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मृत्यु हुनेमा अस्ट्रेलिया, पोल्याण्ड, संयुक्त अधिराज्य, अमेरिका र क्यानडाका नागरिक र प्यालेस्टाइनका नागरिक रहेको र त्यसको जवाफमा उसले यस क्षेत्रमा आफ्नो अभियान रोकेको घोषणा गरेको छ ।

सहायता समूहले भनेको छ,  “इजरायली सेनासँग समन्वयकारी गतिविधिसँगै सहायतासहित पुगेका ट्रकबाट १०० टन भन्दा बढी मानवीय खाद्य सहायताका लागि सामान झारी देइर अल–बलाह गोदामबाट बाहिर निस्कँदै गर्दा आक्रमण गरिएको जनाएको छ ।

इजरायली सेनाले यस दुखद घटनाको परिस्थिति बुझ्न उच्च स्तरमा गहन समीक्षा गरिरहेको र प्यालेस्टिनीहरूलाई सहायता प्रदान गर्ने प्रयासमा ‘डब्ल्यूसीकेसँग नजिकबाट काम गरिरहेको’ बताएको छ ।

चौतर्फी आलोचना

सोमबार गाजामा मानवीय सहायता प्रदान गर्ने क्रममा पाँच मानवीय सहायताकर्मीको मृत्यु भएपछि विश्व समुदायबाट यस घटनाको चौतर्फी आलोचना भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजामा सहायता वितरण गने क्रममा मारिएका एक अष्ट्रेलियाली नागरिकको मृत्युमा पूर्ण जवाफदेहिताको माग गरेका छन् ।

अल्बानिजले मानवीय सहायताका लागि काम गर्ने संस्था वल्र्ड किचन (डब्लुसिके) को अभियानमा काम गरिरहेकी अस्ट्रेलियाली नागरिक जोमी फ्र्याङ्ककमको गाजामा हवाई आक्रमणबाट मृत्यु भएको खबरलाई पुष्टि गर्दै यस्तो माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै अल्बानिजले फ्र्याङ्ककमको मृत्यु पूर्ण रूपमा अस्वीकार्य भएको र विदेश मामिला तथा व्यापार विभागले इजरायली राजदूतसँग भेट गर्न अनुरोध गरेको बताउदै उक्त घटना उचित परिस्थिति भन्दा बाहिर गएर भएको बताएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रिएन वाट्सनले ह्वाइट हाउसह्राटपूर्ण र यस आक्रमणबाट निकै चिन्तित भएको बताएका छन् ।

उनले एक्समा लेखेका छन्, “अति आवश्यक पर्ने सहायता प्रदान गर्ने मानवीय सहायताकर्मीहरूलाई सुरक्षाको प्रत्याभूत हुनुपर्छ ।”

एएफपीका एक फोटोग्राफरका अनुसार शवलाई मध्य शहर देइर अल–बालाहस्थित अस्पतालको शवगृहमा लगिएको छ ।