NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ३ गते

पशुपति मन्दिर दर्जन गर्न आएका व्यक्ति गौशालाको डान्सबार छिरेपछि..

काठमाडौं । पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका एक भारतीय गौशालाको डान्सबारमा लुटिएका छन् । भारतीय नागरिक पारस राम साहु नाइट क्वीन डान्सबारमा लुटिएका हुन् । उनको एक लाख ७५ हजार लुटेका हुन् ।
प्रहरीले डान्सबारका सञ्चालक अमृत खड्कालाई पक्राउ गरी ठगी मुद्दा दायर गरेको हो ।
साहुसहित ६ जना भारतीय गत १ मंसिरमा नेपाल आएका थिए । सोही दिन बेलुका उनीहरु सो डान्सबारमा छिरेकोमा उनीहरुसँग दुई किशोरी राखेर पैसा असुलेका हुन् । पैसा नदिए फसाइदिने भन्दै बैंक खाताबाटै पैसा ट्रान्सफर गर्न लगाएर ठगी गरेको जाहेरीका आधारमा प्रहरीले सञ्चालकलाई पक्राउ गरी मुद्दा दायर गरेको हो । सञ्चालक खड्का फरार रहेकोमा हालै पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको हो ।

गौशाला क्षेत्रका डान्सबारमा विगतमा पनि यस्ता लुटपाटका घटना हुँदै आएका छन् । कतिपयमा प्रहरीमा समेत सेटिङ मिलाएका छन्।