NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बुधबार राति पनि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक डाउन

काठमाडौं । मेटामा आएको ठूलो प्राविधिक गडबडीले यसका सबै प्लेटफर्महरू ह्वाट्स एप, फेसबुक र इन्स्टाग्राम गएराति विश्वभर डाउन भएको छ ।

बुधबार राति करिब ११ः३० बजेबाट करिब एक घण्टा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम डाउन भएको हो ।

मेटाका चर्चित प्लेटफर्मममा बुधवार राति समस्या आउँदा प्रयोगकर्ताले असुविधा झेले । धेरै प्रयोगकर्ताले आफ्नो छटपटी अर्को सामाजिक सञ्जाल एक्समा पोखे ।

वेबसाइट र एप्सको समस्या ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार ह्वाट्सएपका ८० हजार ००० भन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका छन्।

यस पछि, सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै ह्वाट्सएपले छिट्टै समस्या समाधान गर्न काम भइरहेको प्रष्टीकरण दिएको थियो । ‘हामीलाई थाहा छ कि केही व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरूको सामना गरिरहेका छन्। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौं,’ प्रयोगकर्तालाई आश्वस्त पार्दै ह्वाट्सएपले भनेको थियो ।

त्यसको केही समयपछि मेटाको प्लेटफर्मको प्राविधिक समस्या हल भएको थियो ।

यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा एकसाथ समस्या आएको थियो । जसका कारण ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो ।