NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सिङ्गापुर शिखर सम्मेलन :  शिक्षण सुधारमा छलफल 

एजेन्सी । वरिष्ठ शिक्षा अधिकारीहरू र शिक्षक प्रतिनिधिहरूले सोमबारदेखि बुधबारसम्म सिङ्गापुरमा हुने विश्वव्यापी शिखर सम्मेलनमा शिक्षण पेशालाई सुदृढ पार्ने र विद्यार्थीहरूको उपलब्धि बढाउने उपायहरूबारे व्याख्या गर्नेछन् ।

सिंगापुरका शिक्षामन्त्री चान चुन सिङले शिक्षण पेशासम्बन्धी १४औँ अन्तर्राष्ट्रिय शिखर सम्मेलनको उद्घाटन समारोहमा भने, “प्राविधिक आविष्कार र जीवनभर सिकाइको आवश्यकता लगायतका आधारभूत परिवर्तनहरूले आगामी वर्षहरूमा शिक्षालाई आकार दिनेछ ।”

उनले शिक्षा क्षेत्रलाई सिकाइको विज्ञानलाई अँगाल्न, सिकाइका लागि बलियो सामाजिक र पारिवारिक वातावरण निर्माण गर्न त्थ्ँ मागसँग मेल खाने भविष्यका सीपहरू पहिचान गर्न आह्वान गरे ।

‘पुनःपरिकल्पना गर्ने शिक्षा, सम्भाव्यताको अनुभूति’ भन्ने विषयवस्तुमा रहेको कार्यक्रममा सिकाइको भविष्य, शिक्षा र व्यावसायिक तालिमलाई रूपान्तरण गर्न प्रविधिको भूमिका र जीवनका लागि सिकाइलाई सहयोग गर्न साझेदारीको महत्त्वलगायतका विषयमा छलफल भएका छन् ।

शिखर सम्मेलनमा एसिया, युरोप, उत्तर अमेरिका र ओशिनियाका १८ वटा प्रतिनिधिमण्डलका शिक्षा अधिकारी, शिक्षक सङ्घका प्रमुख र शिक्षक नेताहरू सहभागी छन् । कार्यक्रममा प्रतिनिधिहरूले सिङ्गापुरका प्राथमिक र माध्यमिक विद्यालयहरू, उच्च शिक्षा संस्थानहरू र अन्य प्रशिक्षण संस्थाहरूको भ्रमण गर्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष