NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

२ महिनामै किन तानिए सिन्धुलीका एसपी ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सिन्धुलीका एसपी बिनोद शर्मालाई दुई महिनामै हटाएको छ । कार्यसम्पादनको विषयमा उजुरी परेपछि कारबाहीस्वरुप उनलाई हटाइएको प्रहरी स्रोत बताउँछ ।
गनको गत २ फागुनमा सिन्धुलीमा सरुवा भएको थियो । क्रसर व्यवसायीसँग आर्थिक लेनदेनका उजुरी आएपछि हटाइएको स्रोत बताउँछ । सिन्धुलीमा नयाँ एसपी पठाइएको छैन ।
पछिल्लो समय गृह मन्त्रालयले कामसम्पादनमा कमजोरी देखिएका इन्चार्जलाई तत्कालै हटाउने रणनीति लिएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष