‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा सार्वजनिक
ढाका । चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम बङ्गलादेशमा ल्याएको छ । यसले मोबाइल प्रविधिको आविष्कारमा महत्त्वपूर्ण फड्को मारेको छ ।
सोमबार जारी गरिएको एक विज्ञप्तिमार्फत टेक्नोले प्राविधिक क्षमताहरूलाई अगाडि बढाउन र प्रयोगकर्ता अनुभवहरू अभिवृद्धि गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै नयाँ थपका साथ एआई क्षेत्रमा पाइला चालेको बताएको छ । टेक्नोको एआई नवाचारको केन्द्रमा यसको स्मार्टफोन लाइनअप, ‘टेक्नो स्पार्क २० प्रो प्लस’ मा सबैभन्दा नयाँ थपिएको छ ।
फोन अब बङ्गलादेशको बजारमा उपलब्ध भएको छ । यसले उपभोक्ताहरूलाई अत्याधुनिक प्रविधिको पहुँच र परिष्कृत मोबाइल अनुभवहरू प्रदान गर्नेछ । टेक्नोका इन्जिनियरिङका निर्देशक जुड यूले कम्पनीले एआई–सञ्चालित इकोसिस्टमले विश्वव्यापी स्तरमा मोबाइल अनुभवमा क्रान्ति ल्याउने तयारी गरेको बताए ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया