NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

फरार अभियुक्तलाई यूएइमा पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले संयुक्त अरब इमिरेट्स(यूएइ)मा पक्राउ गरी नेपाल ल्याएको छ । बाँकेको खजुरा गाउँपालिका २ स्थायी घर भएका कमल विश्वकर्मालाई प्रहरीले बुधबार नेपाल ल्याएको हो ।
विश्वकर्मा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति हुन् । यूएइ पुलिसको सहयोगमा नेपाल प्रहरीले उनलाई पक्राउ गरी नेपाल ल्याएको हो ।