बौद्धमा महिलाको हत्या, अभियुक्त आफैं प्रहरी कार्यालय गए

काठमाडौं । आफ्नै श्रीमती ३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङगा घर भएका सन्तोष परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भनी परियारले प्रहरी वृत्त बौद्धमा आई जानकारी गराए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । पारिवारिक विवादमा कुटेर हत्या गरेको उनले बताएका छन् । उनी सेक्युरिटी गार्ड हुन् ।
प्रतिक्रिया