३० हजार घुससहित मालपोतका नासु सरकारी निवासबाट पक्राउ

काठमाडौं । कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल घुससहित रंगेहात पक्राउ परेका छन् । जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।
३० हजार रुपैयाँ घुससहित उनलाई मालपोत कार्यालय, तौलिहवा, कपिलबस्तुको कर्मचारी आवासबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
ताजा अपडेट
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
-
१० महिनामा वीरगञ्ज भन्सारबाट कति उठ्यो राजस्व ?
-
आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता
प्रतिक्रिया