NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ११ गते

सइ बालकृष्णः जसले दुई सातामा चार लागुऔषध गिरोहका नाइकेलाई गोली हाने

काठमाडौं । लागुऔषध कारोबारी गिरोहका नाइकेविरुद्ध प्रहरीले कारबाहीलाई तिव्रता दिएको छ । पछिल्लो दुई सातामा चार जनालाई गोली हानेको छ ।

बिहीबार सुनसरीमा प्रहरीले एक लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको । रामधुनी नगरपालिका ६ मा लागुऔषध कारोबारी रामसुन्दर यादबलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । उनीसँगै रहेका कारोबारी श्याम प्रसाद निरौलालाई पनि पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट नायब निरीक्षक सइ बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले गोली चलाएर पक्राउ गरेको हो ।

मंगलबार सइ सञ्जेलको टोलीले मारेङको रतुमाइ नगरपालिका–६ कार्दुपार्डामा भारतको बिहार, किसनगञ्ज घर भएका ४८ वर्षिय भागिरथ हरिजनमाथि मोङको रतुमाइ नगरपालिका–६ कार्दुपार्डामा गोली प्रहार गरेको हो । पक्राउ गर्न खोज्ने क्रममा प्रहरीलाई नै लछारेर मोटरसाइकलमा भाग्न खोजेपछि गोली चलाउनु परेको ब्यूरोले जनाएको छ । उनको साथबाट एक सय ५८ ग्राम खैरो हेरोइन बरामद भएको छ ।

गत २७ बैशाखमा ब्यूरोको बाँकेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी २६ वर्षीय सुशील परियारलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । परियार र स्थानीय २७ वर्षीय शरणबहादुर कार्कीसँग एक सय १४ ग्राम ब्राउन सुगर समेत बरामद भएको थियो ।

गत १७ बैशाखमा झापामा पनि ब्यूरोकै टोलीले गोली चलाएको थियो । झापा गाउँपालिका वडा नम्बर ३ मा रहेका सरिफुल आलमलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको थियो । घरभित्र आलमलाई नियन्त्रणमा लिन खोज्दा खुकुरी र दाउले आक्रमण गरेपछि खुट्टामा गोली हानेर पक्राउ गरेको थियो । उनको साथबाट एक सय १६ ग्राम खैरो हेराइन भेटिएको थियो ।

यसरी प्रहरीको गोली खाने चारै जना लागुऔषध कारोबारका नाइकेहरु भएको प्रहरी स्रोत बताउँछ । चारै जनालाई ब्यूरोका सइ सञ्जेल नेतृत्वको टोलीले गोली हानेको हो ।

सइ सञ्जेल प्रहरीमा इन्कान्टर स्पेशलिष्ट प्रहरीका रुपमा चिनिन्छन् । उत्कृष्ट काम गरेको भन्दै उनलाई ब्यूरोले बैशाख महिनाको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरेको छ ।

लागुऔषध कारोबार नियन्त्रणका लागि निर्मम हुने गृह मन्त्रालयको नीतिअनुसार यसरी मुख्य कारोबारीमाथि आक्रामक कारबाही थालिएको प्रहरीले जनाएको छ । लागुऔषध दुव्र्यसनमा हजारौं युवाहरु फस्दै गएपछि त्यसविरुद्ध प्रहरी र गृह प्रशासन आक्रामक बनेको हो।

ताजा अपडेट

नेपालवाच विशेष