प्रधानमन्त्रीको विश्वासको मत संकटमा !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा विश्वासको मत लिने कार्यक्रम अन्योलमा परेको छ । सहकारी ठगीका विषयमा संसदीय छानविन समिति बनाउन सहमति नजुटेपछि नेपाली कांग्रेसले संसद चलाउन नदिने भएको छ । संसदीय समिति नबने विश्वासको मत लिन नदिने कांग्रेस महामन्त्री गगन थापाले बताए ।
संसदीय छानविन समितिको कार्यदेश तय गर्न गठन भएको समितिको बैठक सोमबार बिहान पनि बस्ने छ । सो बैठकमा सहमति नभएमा प्रधानमन्त्रीको विश्वासको मत नै लिने कार्यक्रम रोकिने भएको छ ।
लामिछानेको आक्रामक र लाञ्छनायुक्त सम्बोधनपछि माहोल झन् बिग्रिएको छ । संसदमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्ड पनि लामिछानेको भाषणप्रति खुशी देखिएका थिएनन् ।
अर्काेतर्फ जनता समाजवादी पार्टी नेपाल विभाजन भएको विषयमा सर्वाेच्चमा मुद्दा विचाराधीन छ । मुद्दा किनारा नलागेसम्म विश्वासको मत रोक्न माग गरी नेता उपेन्द्र यादबले सर्वाेच्चमा रिट दायर गरेका छन् भने सभामुखलाई समेत यसका लागि पत्र लेखेका छन् ।
अर्काेतर्फ एकीकृत समाजवादी दलले समेत नेपाली कांग्रेससँग नजिकिएर प्रधानमन्त्रीलाई धम्की दिइरहेकाले पनि विश्वासको मत लिन प्रचण्डलाई तनाव हुने देखिएको छ ।
प्रतिक्रिया