नागरिकता कसुरमा यस्ता छन् सिरोहियाविरुद्ध प्रहरीका प्रमाण

काठमाडौं । नागरिकतासम्बन्धि कसुरमा पक्राउ परेका कान्तिपुर दैनिकका सञ्चालक कैलाश प्रसाद सिरोहियाको नागरिकतामा धेरै कैफियत रहेको प्रहरी दाबी छ । पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालतलाई लेखेको पत्रअनुसार प्रमुख रुपमा ६ वटा प्रमाण सिरोहियाविरुद्ध छन् ।
पहिलो उनले धेरै वटा नागरिकता नम्बर प्रयोग गरेका छन् । उनले धनुषाका शवजी साहु तेलीको नामको नागरिकता प्रयोग गरिरहेको प्रहरी दाबी छ । सिरोहियाभन्दा चार महिनाअघि तेलीले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालय, धनुषाको विवरण छ । उनका अन्य दाजुभाईले अंगिकृत नागरिकता बनाएकोमा कैलाशले जन्मसिद्ध बनाउनुले पनि यो प्रकरण पेचिलो बनेको छ ।
जन्म मिति कीर्ते गर्नुका साथै नागरिकता लिंदा पेश गर्नुपर्ने कागजातहरुको अभिलेख फेला नपरेका आधारमा पक्राउ गरेरै अनुसन्धान गर्नुपर्ने भन्दै धनुषा प्रहरीले अदालतमा पक्राउ पूर्जीका लागि लेखेको देखिन्छ ।
सिरोहियाले भने गृहमन्त्री रवि लामिछाने प्रतिशोधस्वरुप आफुलाई पक्राउ गरिएको बताएका छन् ।
प्रतिक्रिया