NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ फागुन ५ गते

कान्तिपुरका मालिक सिरोहिया छुटे

काठमाडौं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त भएका छन् । सरकारी वकिल कार्यालयले उनलाई बुधबार हाजिरी जमानीमा छाडेको हो ।
हालसम्मको अनुसन्धानबाट तत्काल थुनामै राखिरहनु पर्ने अवस्था नभएको भन्दै उनलाई छाडिएको धनुष प्रहरीले जनाएको छ । बोलाएको समयमा आउने गरी उनलाई छाडिएको हो । सिरोहिया स्वास्थ्यमा समस्या भएपछि मंगलबार धनुषाबाट ललितपुरको मेडिसिटी अस्पतालमा आएर भर्ना भएका छन् । गत ८ जेठमा प्रहरीले उनलाई नागरिकतासम्बन्धि कसुरमा पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाका सहन्यायाधिवक्ता सुदीप दंगालले अनुसन्धानका क्रममा खुलेका तथ्य, प्रमाण र विषयको अवस्था हेरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हाजिरी जमानीमा छोड्ने निर्णय भएको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष