NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ११ गते

प्रहरीका डिआइजीको सरुवा र पदस्थापनः कर्णालीमा चन्द, विमानस्थलमा जोशी

काठमाडौैं । नेपाल प्रहरीका चार डिआइजीको पदस्थापन तथा तीन जनाको सरुवा भएको छ ।
कर्णाली प्रदेशमा अर्जुन चन्द ठकुरीलाई पठाइएको छ । त्यहाँ कार्यरत डिआइजी लालमणि आचार्यलाई भरतपुर तालिम केन्द्रमा खटाइएको छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा डिआइजी रामदत्त जोशीको काज भएको छ ।
हालै बढुवा भएका डिआइजीको पदि पदस्थापन भएको छ । कृष्णहरी शर्माको उपत्यका प्रहरी कार्यालय, दानबहादुर कार्कीको महानिरीक्षकको सचिवालय, मनोज केसीको बिशेष ब्यूरो र राजन अधिकारीको प्रहरी एकेडेमीमा सरुवा भएको छ ।