NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ६ गते

कसरी भत्कियो योग्यता प्रणाली ?

काठमाडौं । इटाली संसारको सबैभन्दा धेरै सरकार परिवर्तन हुने देशहरूमध्येमा पर्छ । २५ वर्षमा ५४ वटा सरकार परिवर्तन भएको देश हो इटाली । तर त्यहाँको प्रशासन संसारका सक्षम प्रशासनमध्ये मानिन्छ । किनभने त्यहाँ योग्यता प्रणाली(मेरिट सिीटम)लाई संरक्षण गरिएको छ । यो अहिलेमात्रै नभएर सन् १९०० देखि नै हो । इटाली आज यो स्थानमा आउनुमा त्यहाँको प्रशासनको भूमिका निकै महत्वपूर्ण मानिन्छ ।

जापान पनि योग्यता प्रणालीलाई निकै राम्ररी अभ्यास गर्ने मुलुक हो । यद्यपि त्यहाँ मुख्यसचिव राजनीतिक पद हुन्छ । हाम्रोजस्तो प्रशासकको पद हुँदैन । पछिल्लो समय दक्षिण कोरिया पनि योग्यता प्रणालीको बलमा विकास भएको मुलुकमध्येमा पर्छ ।

नेपालमा सन्दर्भमा ०१६ सालको सरकारले योग्यता प्रणालीलाई मिचेर कर्मचारी पुर्नगठन गर्यो । यसबारे सदनमा हो–हल्ला भएपछि तत्कालिन प्रधानमन्त्री विपी कोइराला र लोकसेवा आयोगका अध्यक्ष अनिरुद्रप्रकाश सिंहबीच सम्झौता भयो । अहिलेसम्म जे भएपनि नियुक्ति भएकालाई जाँचको लागि लोकसेवा पठाइदिनु भनेपछि २६ जना अधिकृतहरू र ११ जना बडाहाकिमलाई जाँचको लागि पठाइयो । त्यसमा दुईजना बडाहाकिम र ११ जना अधिकृतहरुमात्रै पास भए । विग्रिएको अवस्थालाई लिएर प्रधानमन्त्री र अध्यक्षबीच सिधै संवाद भएको यो कालखण्डलाई लोकसेवा शक्तिशाली भएको समय मानिन्छ ।

०१७ सालमा फेरि लोकसेवा विघटन भयो र आफूखुसी कर्मचारी भर्ना गर्ने चलन सुरु भयो । १३ जना सचिव खोसुवामा परे र आफ्ना मान्छेहरू नियुक्त भए ।

प्रवेश पाउने कुरा मात्रै योग्यता प्रणाली हाेइन ।  बढुवा हुँदा योग्यताका आधारहरु जस्तै शैक्षिक योग्यता, अनुभव, कार्यसम्पादनका कुराहरु हेरिनुपर्छ । पञ्चायतकालमा निजामती सेवा ऐन अहिलेजस्तो विस्तृत थिएन । बढुवाको विषयमा २७ पटकसम्म नियमावली संशोधन भएको थियो । बढुवालाई परिवर्तन गर्दा नियमावली नै संशोधन गरेर योग्यता प्रणालीलाई ठूलो धक्का पुगिरहेको हुन्थ्यो । यो अभ्यास ०४९ सालसम्म कायमै रह्यो ।

जब राजनीति कमजोर हुन्छ, प्रशासन बलियो हुनुपर्छ र प्रशासन कमजोर भएको बेलामा राजनीति । दुवै कमजोर भएको बेलामा सेना । नेपालको सन्दर्भमा भने राजनीति र प्रशासनबीच सधैं एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढी देखिन्छ । इतिहासका विभिन्न कालखण्डमा भएका यस्ता प्रशासनिक घटना र परिघटनाबारे नेपाल सरकारका पूर्वसचिवद्वय उमेश मैनाली र शारदा प्रसाद त्रितालले संवाद गरेका छन् ।

हेरौं सवादको पूरा भिडियो: