NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ७ गते

जापानबाट साथीको पासपोर्ट चोरेर नेपाल आएपछि…

काठमाडौं । अध्ययनका लागि जापान पुगेकी एक युवती साथीको पासपोर्ट चोरेर नेपाल फर्किएकी छिन् । नेपालगन्ज घर भएकी मिरा श्रेष्ठले साथीको पासपोर्ट लिएर नेपाल आएकी हुन् । उनलाई प्रहरीले पक्राउ गरी राहदानीसम्बन्धी मुद्दा चलाएको छ ।
नियमित कलेज जान नसक्दा आफ्नो भिसा रद्द भएपछि साथीको पासपोर्ट लिएर नेपाल आएको उनले बयानमा बताएकी छिन् । श्रेष्ठले अर्काको पासपोर्ट प्रयोग गर्दा पनि जापान र नेपाल दुवै देशका अध्यागमनले पत्ता लगाउन सकेकन् । उनी सहजै दुवै विमानस्थलबाट पास भएकी थिइन् ।
प्रहरीका अनुसार उनी विद्यार्थी भिसामा चार वर्षअघि जापान गएकी थिइन् । दुईवर्षे जापनिज भाषाको कोर्स पूरा गरेपछि जापान युनिभर्सिटी अफ इकोनोमिक्समा चारवर्षे स्नातकका लागि भर्ना भएकी थिइन् । तर, एक हप्ता कलेज नगएपछि कलेजले अध्यागमनलाई पत्राचार गरी उनको भिसा रद्द गरेको थियो ।
त्यसपछि उनी साथीको डेरामा गएर बसेकी थिइन् । साथी नभएको वेला उनकै पासपोर्टबाट टिकट काटी सोही पासपोर्टमा गत ७ जेठमा उनी नेपाल आएकी हुन् ।
नेपाल आएपछि उनी बुद्धनगरस्थित साथीको डेरामा बसेकोमा त्यहीँबाट प्रहरीले पक्राउ गरेको हो । नेपाल आएपछि पासपोर्ट भनेर च्यातेकी थिइन् ।
पीडित युवतीका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो । अदालतले मुद्दा दायर गरेलगत्तै फैसला गरेको छ । राहदानीसम्बन्धी कसुर मुद्दामा उनलाई २० दिन कैद र दुई लाख पाँच हजार जरिवानाको फैसला भएको नयाँ बानेश्वर वृत्तका डिएसपी शिवराज बुढाथोकीले बताए ।