NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज ०८१ जेठ ३२ गते हो । समितिको अनुमति लिएर प्रकाशित पात्रोहरूमा आज जेठ ३२ नै उल्लेख छ ।

आज जेठ ३२ गते रहेकोमा कुनै द्विविधा नरहे पनि सरकारकै आधिकारिक वेबसाइटहरूमा असार १ गते उल्लेख छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय, खेलकुद मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयलगायत सरकारी निकायकै आधिकारिक वेबसाइटमा आजको मिति ०८१ असार १ गते उल्लेख गरिएको हो ।

मन्त्रालयबाहेकका अन्य गते उल्लेख गरिएका सरकारी निकायका आधिकारिक वेबसाइटमा पनि आज असार १ गते नै रहेको उल्लेख छ ।   मितिमा ठूलाे त्रुटि देखिए पनि अहिलेसम्म कुनैले पनि सुधार गरेका छैनन् ।

न्युज पोर्टललगायतका अन्य वेबसाइटमा पनि शुक्रबार बिहान आजको मिति असार १ गते रहेको उल्लेख थियो । तर समाचार पोर्टलहरूमध्ये अधिकांशले मिति संशोधन गरेर जेठ ३२ बनाएका छन् । केहीले भने अझै यसको भेउ पाएका छैनन् ।

किन भयो यस्तो ?

इन्फरमेसन टेक्नोलोजीका जानकारहरूका अनुसार वेबसाइटहरूमा अङ्ग्रेजी डेटबाट नेपाली डेट परिवर्तन गर्ने गरिएको छ । यस्तो डेट परिवर्तन गर्ने टुल्समा खराबी आउँदा एक दिन अगाडिको डेट देखापरेको हो ।

अङ्ग्रेजी पात्रोमा जेठको महिना ३१ सम्म मात्र हुने परिकल्पना गरिएको छ । तर यस पटक जेठको महिना ३२ सम्म रहेकाले एक दिनअगावै असार १ देखाएको एक जना बेवपेज डेभलपरले जानकारी दिए ।