चीनले मौद्रिक नीति समायोजन गर्ने
एजेन्सी । चीनले मौद्रिक नीतिलाई समायोजनशील बनाई प्रतिचक्रीय र अन्तरकालीन समायोजनलाई बलियो बनाइने चिनियाँ केन्द्रीय बैङ्कका गभर्नरले बुधबार बताएका छन् ।
यस कदमले आर्थिक सुधारलाई सहज बनाई आर्थिक र सामाजिक विकासका लागि अनुकूल मौद्रिक र वित्तीय वातावरण सिर्जना गर्न मद्दत गर्नेछ, पिपुल्स बैङ्क अफ चाइनाका गभर्नर पान गोङ्सेङले १५ औँ लुजियाजुई फोरममा भने ।
निरन्तर सुधार हुँदै जाँदा, चिनियाँ अर्थतन्त्रले अझै पनि केही चुनौतिहरूको सामना गरिरहेको छ । यसले घरेलु आर्थिक परिसंचरणमा अवरोध र बाह्य वातावरणको जटिलता, गम्भीरता र अनिश्चितता उल्लेखनीय रूपमा बढेको उनले बताए ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया