NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १४ गते

बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौैं । निजामती प्रशासनको सर्वाेच्च पदमा रहेका मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्तशुल्क स्टिकर छपाईसम्बन्धि भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अर्याल सञ्चार सचिव हुँदा सो भ्रष्टाचारमा संलग्न भएका हुन् । मुद्दा दायर भएसँगै उनी स्वत निलम्बनमा परेका छन् । सचिव लिलादेवी गड्तौलाले तत्कालका लागि निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी छिन् ।

३८ करोड बिगो कायम गरी १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जसमा अर्थ मन्त्रालयको बजेट महाशाखाका प्रमुख सहसचिव रितेश शाक्य समेत छन् ।

अर्का सहसचिव टंक पाण्डे, उपसचिव गणेशविक्रम शाही र शाखा अधिकृत रविन्द्र पौडेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, सुरक्षण मुद्रणकै तत्कालीन लेखा अघिकृत विष्णुप्रसाद गौतम शाखा अधिकृत हरिवल्लभ घिमिरे, केन्द्रका तत्कालीन परामर्शदाता शक्तिप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दायर भएको अयोगले जनाएको छ । स्टिकर छपाइको जिम्मा पाएको कम्पनी प्रिन्टसेल र यसका सञ्चालक केशव शर्मा पनि यो मुद्दामा प्रतिवादी बनेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष