पाकिस्तानले खाद्य सुरक्षाका लागि उत्कृष्ट कृषि अभ्यासमा जोड दिने
पाकिस्तान । पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री राणा तनवीर हुसेनले उत्पादकत्व र खाद्य सुरक्षा वृदिका लागि देशले उत्कृष्ट कृषि अभ्यासमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् ।
“खाद्य सुरक्षा वर्तमान समयमा प्रमुख विश्वव्यापी चुनौती भएको उल्लेख गर्दै उनले पाकिस्तानले कृषिमा विशेष ध्यान दिई, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड निर्माण गरेको बताए ।
कृषि उत्पादनमा सुधार र प्रविधि हस्तान्तरण प्रयासमा विशेष गरी चीन लगायतका देशहरूसँगको सहकार्यलाई ध्यानमा राख्दै उत्पादन बढाउन कृषि क्षेत्रमा अनुसन्धान र आधुनिक प्रविधि समावेश गर्ने प्रयास भइरहेको उनले बताए ।
“विद्यार्थीलाई चीन पठाई शीप सिकाउने र उत्पादन दोब्बर बनाउने योजना रहेको उनले उल्लेख गरे ।
सब्सिडी र कोषको प्रावधानसहित किसानका लागि थुप्रै पहलहरू गरिएको पनि उनले बताए । बाली उत्पादनका लागि निश्चित मूल्यको ग्यारेन्टी र किसानहरूलाई बाँकी भुक्तानी गरिने उनले उक्त अवसरमा प्रतिवद्धता जनाए ।
बाँझो जमिनलाई कृषि योग्य बनाउनेसहित थप जमिनलाई खेती अन्तर्गत ल्याउने कदम लगायत किसानलाई अर्बौं रुपैयाँ ऋण प्रदान गरी नविन योजना चलिरहेको उनले बताए ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया