NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २१ गते

इच्छाराज तामाङविरुद्ध अर्काे मुद्दा दायर

काठमाडौं । सिभिल सहकारी हिनामिनामा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध प्रहरीले थप मुद्दा दायर गरेको छ । सहकारीका थप सदस्यहरुको जाहेरीका आधारमा प्रहरीले पूरक अभियोजन दर्ता गरेको हो ।
तामाङ र केशबलाल श्रेष्ठलाई प्र्रतिवादी बनाई सिआइबीले सात करोड ८८ लाख ४४ हजार बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
यसअघिकै मुद्दामा तामाङ पक्राउ परेकोमा हाल डिल्लीबजार कारागारमा छन् ।
यसअघि ५ अर्ब ६७ करोड रुपैयाँ ठगी गरेको अभियोगमा उनीविरुद्ध चार वर्षअघि मुद्दा दायर भएको थियो । जून मुद्दामा अझै फैसला भएको छैन । जसकारण पीडितहरु झन् पीडित बन्दै गएका छन् ।