यूरोकप हेरेर सुतेका इन्सपेक्टर बिहान मृत फेला

काठमाडौं । सशस्त्र प्रहरी बलका इन्सपेक्टर उमेश थापा मृत अवस्थामा भेटिएका छन् । आफ्नै घरको बेडमा उनी मृत भेटिएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासको सुरक्षामा खटिदै आएका उनी शुक्रबार बालकोटबाट गुन्डुस्थित घर गएका थिए । परिवारका अनुसार घरमै यूरोकपको खेल हेरेर उनी सुतेका थिए । बिहान उनी अचेत अवस्थामा भेटिएका थिए । भक्तपुर अस्पताल लैजादा उनको मृत्यु भइसकेको थियो । हृदयघातबाट मृत्यु भएको आशंका गरिएको छ । पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल लगिएको हो ।
एमाले अध्यक्ष ओलीले समेत उनको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रतिक्रिया