खोलाले बगाउँदा काभ्रेमा दुई जनाको मृत्यु

काठमाडौैं । काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । शनिबार साँझ सात बजे रोशी गाउँपालिका ११ मा भ्याकुरे खोला तर्ने क्रममा स्थानीय ६५ वर्षिया जालमाया रुजाल मगर र उनकी भदैनी ५ वर्षकी सेतिमाया रुजाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए ।
उनीहरुको शव करिद नौ सय मिटर तल भेटिएको थियो । इप्रका मंगलबारका इन्सपेक्टर कृष्ण गिरी नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।
प्रतिक्रिया