कामपाले माग्यो ३० ड्राइभर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० जना हेभी ड्राइभर माग गरेको छ । अस्थायी दरबन्दीका रिक्त पदहरूमा करार सेवामा नियुक्त गर्न कामपाले खुला विज्ञापन आह्वन गरेको हो ।
बागमती प्रदेश सरकारबाट जारी स्थानीय सेवा ऐन, २०७९ र काठमाडौं महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्नेसम्बन्धी कार्यविधि, २०७९ अनुसार रिक्त ड्राइभर पद पूर्तिका लागि विज्ञापन गरिएको महानगरपालिकाले जनाएको छ ।
हेभी सवारीसाधनको चालक अनुमतिपत्र भएकाले अनलाइनमार्फत आगामी साउन १६ गतेसम्म सिंगल र साउन २३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया