असई र हवल्दारलाई १–१ महिना कैद

काठमाडौं । अदालतको फैसला कार्यान्वयनको लागि घुस लिने दुईजना प्रहरीलाई जनही एक महिना कैद र १०–१० हजार रुपैयाँ जरिवाना हुने भएको छ।
बिशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर असई शर्माप्रसाद यादव र वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई सजाय सुनाएको हो। उनीहरु महोत्तरीको कान्तिबजारमा कार्यरत रहँदा घुससहित पक्राउ परेका थिए ।
जिल्ला अदालत महोत्तरीमा चलेको निषेधाज्ञाको एक मुद्दामा भएको फैसला कार्यान्वयनका लागि उनीहरूले घुस मागेको भन्दै अख्तियारमा उजुरी परेको थियो। आवश्यक मुचुल्का तयार गर्न सहजीकरण गरिदिने भन्दै उनीहरूले २० हजार रुपैयाँ मागिरहेका थिए। अख्तियारको टोलीले यादव र झालाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।
यस मुद्दामा विशेषका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको हो। अख्तियारले विशेषमा गत २५ चैतमा दायर भएको थियो।
प्रतिक्रिया