NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

प्रधानमन्त्री ओलीको पिएसओमा डिएसपी कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्माको व्यक्तिगत सुरक्षा अधिकृत९पिएसओ०मा नेपाल प्रहरीका डिएसपी नवीन कार्की खटिएका छन् । जिल्ला प्रहरी कार्यालय, सल्यानमा कार्यरत उनलाई ओलीको सुरक्षामा खटाइएको हो ।
डिएसपी कार्की यसअघि रौतहटमा कार्यरत रहँदा जघन्य अपराधमा संलग्न कांग्रेस नेता अफताब आलममाथि अनुसन्धान गर्ने टिममा थिए ।
त्यस्तै, पुष्पकमल दाहाल, प्रचण्डको सुरक्षामा खटिएका डिएसपी केशर न्यौपानेलाई सल्यानमा सरुवा भएको छ ।