NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

नक्कली डिएसपी प्रहरी हिरासतमा

काठमाडौं । आफु सिआइबीको ‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन् । दैलेख नारायण नगरपालिका ५ बस्ने ३० वर्षीय नैनसिंह विकलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
आफू सीआईबीको डीएसपी नविन शाही हुँ भन्दै उनले विभिन्न कार्यालय प्रमुख र कर्मचारीलाई ठग्ने प्रयास गरेको खुलेको छ । मंगलबार कोहलपुर नगरपालिका ११ बाट इप्रका कोहलपुरले उनलाई पक्राउ गरेको हो । केही व्यक्तिहरुलाई उनले धम्काएर ठगी गरेको समेत सूचना प्रहरीले पाएको छ ।