NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १६ गते

प्रधानमन्त्री ओलीको सचिवालयमा पाँच जनाको नियुक्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा पाँच जनाको नियुक्ति भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्ति गरेको हो ।
ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडा नियुक्त भएका छन् ।
त्यस्तै, प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्य र स्वकीय सचिवमा रामशरण बजगाई र रोशनी मेचे नियुक्त भएका हुन् ।
थप सल्लाहकारहरु अर्काे साता नियुक्त हुने बताइएको छ ।
ओली गत ३१ असारमा प्रधानमन्त्री बनेका हुन् ।