NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ९ गते

आज नआउने भाे मौद्रिक नीति , यस्तो छ कारण

काठमाडौं । शुक्रबार मौद्रिक नीति नआउने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सञ्चालक समितिको बैठकमार्फत पारित गरेर नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । नयाँ सरकारले राष्ट्र बैंकले तयार पारेको मौद्रिक नीतिबारे अध्ययन गर्न समय मागेपछि शुक्रबार ल्याउन लागिएको मौद्रिक नीति पर सरेको हो ।

स्र्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले मौद्रिक नीतिमाथि परामर्श गर्ने इच्छा जाहेर गरेका छन् ।

पूर्व अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर समेत रहेका खतिवडालाई प्रधानमन्त्री ओलीले बिहीबार मात्रै आफ्नो आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।

मौद्रिक नीति : यस्ता छन् तीन निजी क्षेत्रको सुझाव

कस्तो आउनुपर्छ मौद्रिक नीति ?

ताजा अपडेट

नेपालवाच विशेष