क्रोएसियाको नर्सिङ होममा बन्दुक आक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर दारुवरमा रहेको एक नर्सिंग होममा बन्दुकधारीले आक्रमण गरेका हुन् ।
घटनामा नर्सिङ होमका एक कर्मचारीसहित ६ जनाको मृत्यु भएको छ । कैयौं घाइते भएको र यसमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्रहरीले आक्रमणकारीलाई हतियारसहित नियन्त्रणमा लिएको छ ।
यो घटनापछि क्रोएसियामा बन्दुक नियन्त्रणमा कडाइको माग उठ्न थालेको छ ।
क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिकले गोली प्रहारबाट आफू स्तब्ध भएको बताएका छन् । उनले देशमा बन्दुकसम्बन्धी नियम ‘अझै कडा’ बनाउने बताए ।
प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले यसलाई ‘भयानक आक्रमण’ भनेका छन् ।
स्थानीय मिडियाबाट प्राप्त अपुष्ट रिपोर्टहरू अनुसार आक्रमणकारी एक पूर्व सैनिक हुन् ।
प्रतिक्रिया