NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

योजना आयोगमा उपाध्यक्ष र ६ सदस्य नियुक्त

काठमाडौं । नयाँ सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र ६ सदस्य नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । उनी त्रिभुवन विश्वबिद्यालयमा अर्थशास्त्र विभागका प्रमुख हुन् ।
सदस्यहरूमा डा. आरती बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।