अंग्रेजी सिकाइदेखि शिक्षणसम्म
शिक्षा र मेरो सम्बन्ध सानैबाट प्रगाढ थियो । केही कुरा सिक्दा वा पढ्दा कहिल्यै परीक्षाका लागि लक्ष्य गरिनँ । शिक्षकले कुनै अध्याय पढाउँदा त्यसभित्रको गहिराइसम्म जान रुचि लाग्थ्यो । ‘ताप’ को अध्याय अध्ययन गर्दा ताप के हो भन्ने प्रश्नले मात्र नभई वस्तुु कसरी तात्छ भन्नेले बढी सताउथ्यो । सानैबाट पढ्न, कुनै पनि विषयको गहिराइसम्म पुग्न र अरूलाई सिकाउन रमाइलो लाग्थ्यो । अरूलाई सिकाउनुु पर्छ भन्ने पहिलेदेखिकै सोचले नै शिक्षण पेशामा आबद्ध भएँजस्तो लाग्छ ।
स्नातकपछिको केही समय अध्यापनबाट केही टाढिएर कर्पोरेट संस्थामा आबद्ध भएँ । तर त्यहाँ सिक्ने र सिकाउने कुरामा सहभागी भएको महसुस नहुँदा रमाउन सकिनँ । पढाउन पाए हुन्थ्यो भन्ने लागिरह्यो । एक/डेढ वर्ष कर्पोरेटमा काम गरेपछि त्यसलाई ‘बिट’ मारेँ र शिक्षण पेसामै आएँ ।
विद्यालय पढ्दा भाइबहिनीहरूलाई पढाउन मज्जा लाथ्यो भने कलेज पढ्दा पनि ट्युुसन र कोचिङ क्लासहरू पढाएँ । सन् २०१६ बाट औपचारिक रूपमा पढाउन सुुरु गरेकोमा अहिलेसम्म यसमै रमाइरहेको छु । जति जोश, जाँगर शिक्षणमा आउँछ त्यति अन्य पेसामा आउँदैन ।
अंग्रेजी सिक्न गरेको संघर्ष
मेरो अंग्रेजी सानैबाट त्यति राम्रो थिएन् । राम्रो निजी विद्यालयमै अध्ययन गरेको भए पनि अंग्रेजी गाह्रो लाग्थ्यो । तर अंग्रेजीप्रतिको सामाजिक सोचले यो भाषा सिक्नु पर्ने रहेछ भन्ने भान भयो । जसका लागि मैले निकै मिहिनेत गरेँ । डिक्स्नरी हेर्थेँ, रेडियो सुन्थेँ । अंग्रेजी नआउने कुरालाई हाम्रो समाजले सहजै स्वीकार गर्दैन । यसले धेरैको आत्मविश्वास घटिरहेको हुन्छ । त्यसैले अंग्रेजी सिक्न मैले यससम्बन्धीण् किताबहरूको अध्ययन थालेँ । सुुरुमा अंग्रेजी शब्द बुझ्न गाह्रो भयो । तैपनि हार खाइनँ । नबुुझेका कुुरा टिपोट गथेँ र त्यसको अर्थ खोज्न थाल्थेँ । यसले पनि अंग्रेजी बुुझन सहयोग पुुग्यो । यसबाट मैले पाएको शिक्षा के हो भने कुुनै पनि भाषा सिक्न चाहिने कुुरा भनेको त्यसप्रतिको लगाव र अभ्यास नै रहेछ ।
मेरा उमरेका साथीहरूले गीत सुन्दा म दिनभरि बिबिसी सुुन्थेँ । पछि अंग्रेजी विषय नै पढाउन थालेँ । यसले अझ धेरै विकास हुुन मद्दत गर्यो । मेरो विचारमा मिहिनेत, इनपुुट र गाइडेन्स, यी तीन कुुराको संयोग हुुँदा हरेक कुुरा सिक्न सकिन्छ ।
विद्यालय र आइडल शिक्षक
शिक्षालाई ‘पावरफूल टुुल’ को रुपमा लिइन्छ । विश्वव्यापी मान्यतासमेत माध्यमिक शिक्षा बलियो बनाउन सक्यो भने धेरै कुुरा बलियो हुुँदै जान्छ भन्ने छ । तर नेपालमा शिक्षाको अवस्था दयनीय र कमजोर छ । हामीले पढने, लेख्ने, सामान्य हिसाब गनेर्, समालोचनात्मक सोचको विकास गर्ने कुुरा नै राम्रोसँग दिन सकिरहेका छैनौं ।
शिक्षा भनेको विद्यालयमा गराइने पाठ्पुस्तकको पढाइ मात्र होइन, यसमा कस्तो क्यापिटल नेटवर्क, एक्पोजर छ भन्ने पनि हो । आइडल शिक्षक बन्नको लागि धेरै कुुराको सम्मिश्रण अत्यावश्यक हुन्छ । आइडल शिक्षकमा पहिलो त सहानुुभूति हुुनुपर्छ । दोस्रो, विषयवस्तुको ज्ञान चाहिन्छ । आफ्नो विषयप्रतिको कमाण्ड अर्को महत्त्वपूर्ण पक्ष हो । शिक्षकले आफूलाई अपडेट पनि गरिरहनु पर्छ । कमजोर विद्यार्थीलाई समेत उसको क्षमता अनुसार बुुझेर सिकाउन सक्ने खुुबी आइडल शिक्षकमा हुुनुपर्छ ।
(शिक्षक तथा प्रशिक्षक दिक्षित अवस्थीले नेपालवाचको भिडियो प्रस्तुती एजुुकेसन डायलगमा राखेको भनाइको सम्पादित अंश)
प्रतिक्रिया